Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

यूएईले भिसा कडाइ गरेपछि ४ हजारभन्दा बढी नेपाली श्रमिक अलपत्र

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१४ कात्तिक । जेनजी आन्दोलनपछि युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकमाथि भिसा सम्बन्धी कडाइ गरेसँगै हजारौं नेपाली वैदेशिक रोजगारीका सपना लिएर बीचमै अलपत्र परेका छन्। यूएईको ‘वर्किङ भिसा’ कडाइका कारण ४ हजारभन्दा बढी नेपालीको श्रम स्वीकृति (मोल) रोकिन पुगेको छ।

गत ३० भदौदेखि भिजिट भिसा बन्द गर्दै कडाइ सुरु गरेको यूएईले पछि आंशिक रूपमा खुला गरे पनि श्रम भिसामा भने कडाइ अझै कायम राखेको छ। जसका कारण श्रमिक चयन, मेडिकल, इन्टरभ्युदेखि सबै प्रक्रिया पूरा गरेर मोल प्राप्त गरेका हजारौं नेपाली अझै भिसा पर्खिरहेका छन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वमहासचिव तथा निलकमल ह्युमन रिसोर्स प्रालिका अध्यक्ष मेघनाथ भुर्तेलका अनुसार “भिसा रोकिँदा कम्तीमा ४ हजारभन्दा बढी नेपालीको स्वीकृत मोल प्रयोगविहीन बनेको छ।” उनका अनुसार श्रमिकहरूले इन्टरभ्यु र मेडिकल गर्न मात्रै २५ देखि ३० हजार रुपैयाँ खर्च गरिसकेका छन्।

“ऋण निकालेर विदेश जाने तयारी गरेका युवाहरू अहिले अलपत्र छन्,” भुर्तेलले भने, “कम्पनीले चयन गरेर सबै कागजात फाइनल गरेको भए पनि भिसा नआउँदा उनीहरू न जान पाएका छन्, न त खर्च फिर्ता हुने स्थिति छ।”

यूएईले नेपालीहरूलाई भिसा दिन कडाइ गर्न थालेको कारणका रूपमा जेनजी आन्दोलनपछिको सुरक्षा चिन्ता देखाएको बताइएको छ। यूएईका अधिकारीहरूले नेपालमा जेलबाट फरार भएका केही अपराधी आफ्नो देशमा प्रवेश गर्न सक्ने जोखिम रहेको दाबी गरेका छन्। तर भुर्तेलले यो दाबीलाई “पूर्णतः तर्कहीन” बताउँदै भने, “जेलबाट भागेकाहरू ब्ल्याकलिस्टमा परेका हुन्छन्, उनीहरूसँग पासपोर्ट नै हुँदैन। उनीहरूले तत्काल भिसा लिएर यूएई जान सक्ने कुरा असम्भव छ।”

यसबीच, यूएईस्थित नेपाली दूतावासमा भिसा समस्या लिएर दैनिक सयौं नेपालीले फोन र सन्देश पठाउने गरेका छन्। दूतावासका एक अधिकारीका अनुसार “धेरैजसोले भिजिट भिसा म्याद सकिन लाग्दा वा वर्किङ भिसामा रूपान्तरण गर्न नसक्दा सहयोग मागिरहेका छन्।”

भिजिट भिसामा यूएई पुगेकाहरू अहिले दुई धारबीच परेका छन् — उनीहरूले वर्किङ भिसामा रूपान्तरण गर्न सकिरहेका छैनन्, न त भिजिट भिसाको म्याद थप गर्न पाएका छन्।

भुर्तेलका अनुसार सरकार र सम्बन्धित निकायले अहिलेसम्म ठोस पहल नगरेको गुनासो व्यवसायीहरूमा छ। “सरकारले कूटनीतिक पहल गर्नुपर्ने थियो, तर मन्त्रालय मौन छ,” उनले भने।नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छादोर्जे डिम्दोङले भने समस्या समाधानका लागि संघले परराष्ट्र र श्रम मन्त्रालयसँग पहल भइरहेको बताए।

तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले भने यूएईले भिसा रोकेको वा कडाइ गरेको बारे औपचारिक जानकारी नआएको दाबी गरे।“हामीले सञ्चारमाध्यममार्फत मात्र सुनेका हौं, आधिकारिक रूपमा यूएई सरकारले कुनै सूचना पठाएको छैन,” उनले भने।

हाल यूएईमा कार्यरत नेपालीहरूबीच पनि भिसा समस्या चर्किंदै गएको छ। कम्पनी परिवर्तन गर्न चाहने, परिवार ल्याउन खोज्ने वा भिजिट भिसाबाट वर्किङमा रूपान्तरण गर्न चाहनेहरू सबै प्रभावित भएका छन्।

ताजा समाचार

थप समाचार