spot_img

सिरहा–सप्तरीमा मौसम विभागको ‘अलर्ट’, भारी वर्षा र चट्याङको चेतावनी

spot_img
spot_img

जनकपुर,१४ कात्तिक । जल तथा मौसम विज्ञान विभागले सिरहा र सप्तरी जिल्लामा आज भारी वर्षा र चट्याङको सम्भावना बढेको भन्दै सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।

विभागका अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र सक्रिय न्यूनचापीय प्रणालीको प्रभावले मधेस प्रदेशका विभिन्न भागमा दिनभर वर्षा हुने र नदी–नाला तथा शहरी क्षेत्रमा पानीको बहाव अचानक बढ्न सक्ने जोखिम छ। साथै चट्याङ र सामान्य क्षतिको सम्भावना पनि रहेको छ।

कोशी प्रदेशका केही जिल्लामा समेत वर्षाको असर पर्ने अनुमान गरिएको छ। विभागले कात्तिक १५ गतेदेखि क्रमशः मौसममा सुधार आउने जानकारी दिएको छ। जनतालाई घर वरिपरि सफाइ, सुरक्षित स्थानमा बसोबास र आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय