spot_img

बीरगन्जमा १ सय सदस्यीय जेनजी युवा समिति गठन

spot_img
spot_img

बीरगन्ज, १४ कात्तिक । बीरगन्जमा युवाहरूको भेलाले जेनजी आन्दोलनमा शहीद भएका असाहब आलमका दाइ मुराद आलमको संयोजकत्वमा १ सय सदस्यीय जेनजी वीरगन्ज युवा समिति गठन गरेको छ।

बीरगन्जस्थित माल्ट होटलमा सम्पन्न भेलाले समितिको उप–संयोजकमा जेनजी आन्दोलनका क्रममा घाइते भएका रेयाजुल हकलाई चयन गरेको छ। समितिमा सागर यादव, ज्ञानेन्द्र महतो, चन्दन महतो, वासिम शेख, नीरज जोशी, अनिश पटेल, समीर अन्सारीलगायत युवाहरू सदस्यका रूपमा रहेका छन्।

सल्लाहकार समितिमा महादेव प्रसाद कुर्मी, सन्जय श्रेष्ठ र राहुल रौनियार रहेका छन् भने समन्वयकर्ताको जिम्मेवारी सुधिर पटेल, वीरेन्द्र काण्ठ, रन्दिप श्रीवास्तव, जयशंकर यादव र अमन आलमलाई दिइएको छ।

भेलामा सहभागी युवाहरूले वीरगन्जमा जेनजी आन्दोलनका आदर्श र उद्देश्यमाथि एकजुट भई संगठनलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय