spot_img

बारागढी–६ का वडाध्यक्ष निरज साह तेलीको निधन

spot_img
spot_img

बारा,१४ कात्तिक । बारागढी गाउँपालिका–६ का वडाध्यक्ष निरज साह तेलीको बिहीबार राति निधन भएको छ। ४६ वर्षीय तेलीको उपचारको क्रममा वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा निधन भएको उनको काका तथा बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहले जानकारी दिए।

वडाध्यक्ष तेली लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए। उनी कांग्रेसबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए भने पहिलो कार्यकालमा जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट निर्वाचित भएका थिए।

उनले स्थानीय विकास र जनसेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। उनका श्रीमती, दुई छोरी र एक छोरा छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय