spot_img

शीतल निवास तोडफोड प्रकरणमा तीन युवा पक्राउ

spot_img
spot_img

काठमाडौं,१४ कात्तिक । जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय शीतल निवासमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले तीन जना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा रहेका छन् ।

उनीहरूमाथि शीतल निवास तोडफोड र आगजनी गर्नुका साथै कार्यालयबाट सरसामान चोरी गरेको आरोप छ, र उनीहरूविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। प्रहरीले अनुसन्धानका क्रममा पक्राउ परेका युवाहरूको साथबाट राष्ट्रपति कार्यालयबाट चोरी भएका प्रिन्टर, वाईफाई राउटर लगायतका महत्वपूर्ण सामग्रीहरू पनि बरामद गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय