spot_img

देशभरका अस्पतालका नर्सहरु विरोध प्रदर्शनमा

spot_img
spot_img

काठमाडौं,१४ कात्तिक । देशभरका अस्पतालमा कार्यरत नर्सहरूले न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग गर्दै शुक्रबार विरोध प्रदर्शन गरेका छन्।

नर्सिङ संघ नेपालको नेतृत्वमा आयोजित प्रदर्शनमा सरकारी अस्पतालका नर्सहरू पनि सहभागी भएका छन्। उनीहरूले निजी तथा सामुदायिक अस्पतालका नर्सहरूले उठाएको मागप्रति ऐक्यवद्धता जनाउँदै आन्दोलनमा उत्रिएका हुन्।

नर्सिङ संघले अघि सारेको १५ बुँदे मागमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२ साल असोज २४ गतेको पत्र कार्यान्वयन गर्नुपर्ने, स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारी अस्पताल सरह राख्नुपर्ने, अतिरिक्त कार्यवापत भत्ता उपलब्ध गराउनुपर्ने, ज्यालादारी प्रणाली अन्त्य गर्नुपर्ने र तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने माग समावेश छन्। सिभिल अस्पतालकी नर्स बिमला पौडेलका अनुसार हालसम्म नर्सहरूलाई श्रमिकको रूपमा मात्र हेरिएको र दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐन अन्तर्गत व्यवस्थापन गर्नुपर्ने माग पनि आन्दोलनको मुख्य बुँदा हो।

शुक्रबार बिहान १० देखि १२ बजेसम्म प्रतीकात्मक विरोध कार्यक्रम सम्पन्न भएको नर्सिङ संघले जनाएको छ। संघले माग पूरा नभए कार्तिक १८ गतेपछि कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ। नर्सिङ संघले भनेको छ, “श्रमको सम्मान नभएसम्म र नर्सको योगदानको कदर नगरिएसम्म आन्दोलन जारी रहनेछ।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय