spot_img

पर्साका संस्थाबीच साझा रणनीति र सहकार्य सुदृढीकरणका लागि कार्यशाला सम्पन्न

spot_img
spot_img

बीरगन्ज,१४ कात्तिक । पर्सा जिल्लाका समान उद्देश्य र विचारधारा भएका गैरसरकारी संस्थाहरूबीच सहकार्य विस्तार र दीर्घकालीन रणनीतिक योजना निर्माणका लागि आयोजित दुई दिने कार्यशाला गोष्ठी वीरगन्जमा सम्पन्न भएको छ।

दलित महिला संघ वीरगन्ज–पर्साको आयोजनामा तथा वुमेन्स फन्ड एसियाको सहयोगमा कार्तिक १३ गतेबाट सुरु भएको उक्त गोष्ठी १४ गते सम्पन्न भएको हो। कार्यशालाको अध्यक्षता संघकी अध्यक्ष निला रामले गरेकी थिइन्।

गोष्ठीमा पर्सा जिल्लाका विभिन्न संघ–संस्था तथा समुदायका २५ जना महिला र पुरुष प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले विशेष रूपमा रणनीतिक योजना निर्माण, महिला सशक्तीकरण, नेतृत्व विकास, र समान लक्ष्य भएका संस्थाहरूबीच सहकार्य गर्ने विषयमा गहन छलफल र समझदारी गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष निला रामले भनिन्,
“दलित महिला संघ अब समुदायमा सचेतना फैलाउने कार्यमा मात्र सीमित रहने छैन। हाम्रो लक्ष्य नीति निर्माण तहमा समेत आफ्नो उपस्थिति सुनिश्चित गर्नु हो। महिलाहरूको अधिकार सशक्त बनाउन सबैको एकीकृत सहभागिता अपरिहार्य छ। यस्तो कार्यक्रमले हाम्रो साझा लक्ष्यलाई अझ बलियो बनाउँछ।”

गोष्ठीका क्रममा विभिन्न वक्ताहरूले दलित समुदाय, विशेषगरी महिलाहरूका अधिकार सुनिश्चित गर्नका लागि एकीकृत रणनीति निर्माण, नीति–स्तरको संवाद विस्तार, र संगठनबीच सञ्जाल बलियो बनाउने आवश्यकता रहेकोमा जोड दिएका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय