spot_img

बाबुराम र रेशम एउटै मंचमा, रास्वपाको पहलमा परिवर्तन पक्षधर दलबीच संवाद सुरू

spot_img
spot_img

काठमाडौं,१४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले परिवर्तन पक्षधर राजनीतिक शक्ति, दल र समूहबीच संवाद सुरु गरेको छ। ‘जेन–जी आन्दोलनका उपलब्धि, आगामी बाटो र निकास’ शीर्षकमा शुक्रबार काठमाडौंको नेपाल हाउस, बालुवाटारमा सुरु भएको उक्त राजनीतिक संवादमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरी एउटै मंचमा देखिएका छन्।

रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले संयोजक रहेको संवाद कार्यक्रमको पहिलो दिनमा डा. भट्टराई अतिथि वक्ताको रुपमा सहभागी भई आफ्नो मन्तव्य दिएका छन्। सो कार्यक्रममा हालै दर्ता भएको रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको छ।

रास्वपाले यो संवादलाई आगामी राजनीतिक सहकार्य र परिवर्तनको साझा एजेन्डा निर्माणको सुरुवातका रूपमा लिएको जनाएको छ। वाग्लेले कार्यक्रममा भने, “हाम्रो उद्देश्य देशमा सकारात्मक परिवर्तनका लागि समान सोच भएका शक्तिहरूबीच सहकार्य र समन्वय बढाउने हो।”

पार्टीका अनुसार संवादको श्रृंखला चरणबद्ध रूपमा अन्य राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाज र युवा समूहहरूसँग पनि विस्तार गरिनेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय