spot_img

दोलखामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

spot_img
spot_img

काठमाडौं,१४ कात्तिक । दोलखाको बिगु गाउँपालिकामा ट्याक्टरको ढालाबाट खसेर एक पुरुषको मृत्यु भएको छ। हिजो बेलुका करिब ५ बजे बिगु गाउँपालिका वडा नम्बर ६, आलम्पुमा भएको दुर्घटनामा स्थानीय अन्दाजी ४० वर्षीय मानबहादुर थामीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार आज बिहान करिब ९ बजे प्रहरी चौकी बिगुमा घटनाको जानकारी प्राप्त भएको थियो ।

गुन्सास्थित भित्री कच्ची सडक खण्डमा चिम्टे रथालबाट आलम्पुतर्फ ढुङ्गा लोड गरेर आइरहेको प्र.१–०१–००१ त ८८७२ नम्बरको ट्याक्टरको ढालाबाट खस्दा थामीको मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्याक्टर चालक भने घटनास्थलबाट फरार रहेका छन् । प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी कार्य तीव्र पारिएको जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय