spot_img

पहिरोले यी राजमार्ग छन् अवरुद्ध

spot_img
spot_img

काठमाडौं, १४ कात्तिक — बिहीबार बिहानदेखि परेको अविरल वर्षासँगै देशका विभिन्न भागमा पहिरो खस्दा प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार कोसी राजमार्गअन्तर्गत संखुवासभा, तमोर करिडोर (पाँचथर), सिद्धिचरण राजमार्ग (ओखलढुंगा), बीपी राजमार्ग (नमोबुद्ध, काभ्रेपलाञ्चोक), पासाङल्हामु राजमार्ग (रसुवा), नेपाल–चीन जोड्ने पुल र मध्यपहाडी लोकमार्ग (सिन्धुली) अवरुद्ध भएका छन्।

त्यस्तै, जोमसोम–कोरोला खण्ड, बेनी–दरवाङ सडक (म्याग्दी) र सन्धीखर्क–गोरुसिंगे सडक (अर्घाखाँची) एकतर्फी सञ्चालनमा रहेका छन्। प्रहरी प्रवक्ता विनोद घिमिरेले सडक खुलाउने प्रयास जारी रहेको जानकारी दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय