Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

मर्मतपछि नेपाल एयरलाइन्सको ट्वीनअटर...

काठमाडौँ,२७ कात्तिक । करिब दुई महिनादेखि ग्राउण्डेड अवस्थामा रहेको नेपाल वायुसेवा निगम (नेपाल...

कारागारबाट फरार कैदी नियन्त्रणमा...

काठमाडौँ, २७ कात्तिक । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा नेपालले जेलबाट भागेका कैदी...

वीर अस्पतालमा अब श्वासप्रश्वासका...

काठमाडौँ,२७ कात्तिक । श्वासप्रश्वाससम्बन्धी रोगको पहिचान अब वीर अस्पतालमा झन् सहज बनेको छ।...

राष्ट्रिय परिचयपत्रवालालाई मतदाता नामावली...

काठमाडाैं,२७ कातिक । मतदाता नामावली दर्ता प्रक्रियामा अब राष्ट्रिय परिचयपत्र लिएकालाई निर्वाचन कार्यालय...
spot_imgspot_imgspot_img
19.1 C
Kathmandu
23.8 C
Birgunj
spot_img

अदालतले निलम्बन यथावत् राख्दा पनि पाण्डेले नगर प्रहरी प्रमुखको कमाण्ड भने छोडेका छैनन्

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१४ कात्तिक । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिका नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको रिट खारेज गरे पनि उनी हालसम्म कमाण्ड छोडेका छैनन्।

बुधबार न्यायाधीश डलकुमार खड्का र दीपक खनालको इजलासले पाण्डेको रिट खारेज गर्ने निर्णय गरेको थियो। पाण्डे माथि प्रधान प्रशासकीय अधिकृत सरोज गुरागाईँको कार्यालय प्रवेशमा अवरोध पुर्‍याएको र पदीय मर्यादाविपरीत कार्य गरेको आरोपमा उनलाई कम्तीमा ६ महिनाका लागि निलम्बन गरिएको थियो।

तर अदालतको निर्णयभन्दा अघि नै नगर प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेको निलम्बन फुकुवा गरिसकेका थिए। नगर प्रहरी प्रमुखबारे जाँच गर्न गठन गरिएको समितिले पनि उनलाई निलम्बनमा नराख्ने सिफारिस दिएको थियो। यसै आधारमा असोज २८ मा पाण्डेको निलम्बन फुकुवा भइसकेको महानगर स्रोतले जानकारी दिएको छ।

- Advertisement -

रिट निवेदन अदालतले खारेज गरे पनि, पूर्वै निलम्बन फुकुवा भएकोले पाण्डे नगर प्रहरी बलको कमाण्डमा जारी छन्। गुरागाईँले भने रिट खारेजको पूर्णपाठ आइतबारसम्म प्राप्त भएपछि मात्रै जवाफ दिने तयारी रहेको बताए।

यस घटनाले महानगरपालिका र अदालतबीचको समयक्रम र प्रशासनिक प्रक्रियामा केही असंगतिलाई उजागर गरेको छ।

ताजा समाचार

थप समाचार