spot_img

मुस्ताङमा हिउँले फसेका १५ पर्यटक नेपाली सेनाले उद्धार

spot_img
spot_img

मुस्ताङ, कात्तिक — घुम्न गएका १५ जना पर्यटक हिडन भ्यालीमा हिउँ परेपछि सम्पर्कविहीन भएपछि नेपाली सेनाले उद्धार गरेको छ।

तीन जना बेलायती नागरिक र १२ जना नेपाली पर्यटक बुधबारदेखि सम्पर्कविहीन भएका थिए। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार, तीन दिनको खोजीपछि सेनाको टोलीले थासाङ गाउँपालिका अन्तर्गत हिडन भ्यालीबाट सबै १५ जनालाई सुरक्षित याकखर्कसम्म ल्याएको छ।

उनका अनुसार १२,८०० फिट माथि रहेको टाप्सेडाँडा क्षेत्रमा सेनाको टोली र पर्यटक समूहबीच सम्पर्क स्थापित भएको थियो। उद्धारमा आवश्यक लजिस्टिक सहयोग पनि तयारी अवस्थामा राखिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय