मनास्लु क्षेत्रमा ढुङ्गा लागेर ४४ वर्षीय मिनुइन्द्र लम्साल घाइते भएका छन्। उनी सामागाउँ–१ बाट फर्कँदै गर्दा चुमनुब्री–४ बुरनजिकैको भीरबाट खसेको ढुङ्गाले टाउकोमा चोट लागेका थिए।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रतिकूल मौसमका कारण हेलिकोप्टर उड्न नसकेकोले उद्धारमा कठिनाइ भइरहेको छ। प्राथमिक उपचार गरिरहेका स्वास्थ्यकर्मी छिरिङ खाम्डो लामाका अनुसार लम्सालको अवस्था जोखिमपूर्ण भएकाले उनलाई बोकेर ल्याउन सकिएको छैन।




