काठमाडौँ,१४ कात्तिक । नेकपा समाजवादीकी पोलिटव्यूरो सदस्य रामकुमारी झाँक्रीले पार्टी विभाजन हुन सक्ने चेतावनी दिएकी छन् । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकताको तयारी भइरहेका बेला उनले एकताको खुलेरै विरोध गरेकी छन् ।
समाजवादीको जारी बैठकमा विरोध गरेकी झाँक्रीले सामाजिक सञ्जालमार्फत समेत माओवादी सँगको एकता व्याक्तिगत आवश्यकता र संकट समाधानका लागि भन्दै त्यसले उल्टै पार्टीलाई विभाजनतिर लैजान सक्ने चेतावनी दिएकी छन्।




