Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

अख्तियारले प्रदेश प्रमुख समक्ष...

जनकपुर,२३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले मधेस प्रदेशका प्रदेश प्रमुख...

नक्सालको भाटभटेनी भवन भत्काउने...

काठमाडौँ,२३ कात्तिक । नक्सालस्थित भाटभटेनी सुपरमार्केटको आगलागीले क्षतिग्रस्त भवन भत्काउने क्रममा आज एक...

नेप्से ३० अंकले घट्याे

काठमाडौं,२३ कात्तिक । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अङ्कले ओरालो...

कर्मचारीलाई राजनीतिक दलको गतिविधिमा...

काठमाडौँ,२३ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षण संस्थाका शिक्षक,...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

“जेन–जी आन्दोलनका उपलब्धि संस्थागत गर्दै अघि बढौँ” : रास्वपाका उपसभापति वाग्ले

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले जेन–जी आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

शुक्रबार पार्टीले आयोजना गरेको कार्यक्रममा वाग्लेले जेन–जी आन्दोलनले सबै राजनीतिक दलहरूमा रूपान्तरणको दबाब बढाएको उल्लेख गर्दै, त्यस उपलब्धिलाई संस्थागत नगरी अघि बढ्न नहुने बताए। उनले भने,

“विगतका आन्दोलनबाट प्राप्त दुर्लभ उपलब्धिहरूलाई जोगाउँदै नयाँ उपलब्धि संस्थागत गर्न र मुलुकलाई सुशासनतर्फ लैजान निर्वाचनमा जानु अपरिहार्य छ।”

- Advertisement -

उपसभापति वाग्लेले संविधान र कानुनमा आएका डिरेलहरूलाई ट्र्याकमा ल्याउनुपर्ने आवश्यकतामा पनि जोड दिए। उनले बताए,“अग्रगमनको बाटोमा अघि बढ्दा विधि, विधान र संविधान मिच्न मिल्दैन। तर, केही डिरेल भएका कुराहरूलाई सुधार्न र ट्र्याकमा ल्याउन आवश्यक छ, र यस कार्यमा हामी नै अग्रणी हुनुपर्छ।”

उनले राजनीतिक रूपान्तरणका उदाहरणस्वरूप पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भूमिका पनि उल्लेख गर्दै भने,

“दल छोडेर स्वतन्त्र राजनीतिक हैसियतमा अघि बढ्ने पात्रहरूले पनि रूपान्तरणको दबाब बढाएको छ। यसलाई सङ्ग्रह गरेर सुशासनतर्फ वैधता दिनु हाम्रो दायित्व हो।”

स्वर्णिम वाग्लेले यसअघि भएका आन्दोलनका उपलब्धि जोगाउँदै नयाँ उपलब्धि स्थापना गर्नु र मुलुकलाई स्थिरता र सुशासनको मार्गमा लैजान रास्वपा अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

ताजा समाचार

थप समाचार