spot_img

“निर्वाचनमा जानुको विकल्प छैन, नत्र देश अँध्यारो सुरुङमा फस्छ” : डा. बाबुराम भट्टराई

spot_img
spot_img

काठमाडौं,१४ कात्तिक । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारमार्फतै निर्वाचन सम्पन्न गर्नु अपरिहार्य भएको बताएका छन्।

भट्टराईले चेतावनी दिएका छन् कि यदि तोकिएकै समयमा चुनाव नहुई देश “डरलाग्दो अँध्यारो सुरुङ” मा फस्ने खतरा रहेको छ। उनले वर्तमान सुशील कार्की नेतृत्वको अन्तरिम सरकारका कमजोरीलाई सच्याएर निर्वाचन तात्कालिक रूपमा सञ्चालन गर्नु आवश्यक रहेको बताएका छन्।

उक्त अवसरमा भट्टराईले भने,“अब निर्वाचनमा हामीले जसरी पनि जानुपर्छ। निर्वाचन भएन भने देश डरलाग्दो सुरुङमा फस्छ। यसका लागि हामी सबैले सहयोग गरी सरकारका अपूर्णता र कमजोरी सुधार्नुपर्ने छ। तर चुनाव यही सरकारमार्फतै छिटो गराउनुपर्छ।”

उनले नेपालको वर्तमान संविधानलाई आधार बनाएर रास्वपा लगायत वैकल्पिक राजनीतिक दलहरूले चुनावमा भाग लिन सक्ने उल्लेख गरे।“हामी अलगअलग दल भए पनि निर्वाचनमा सहभागी हुन सकिन्छ। रास्वपाका साथीहरूसँग मिलेर वा एक्लै पनि चुनावमा जान सक्ने अवस्था छ।”

भट्टराईले मुलुकलाई भ्रष्टाचारमुक्त र सुशासनतर्फ लैजानका लागि सम्बन्धित निकायलाई बलियो बनाउनुपर्ने आवश्यकता पनि औँल्याए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय