spot_img

सर्वोच्चले ओली–लेखकको स्थानहदविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार

spot_img
spot_img

काठमाडौं,१४ कात्तिक । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई सरकारले अनुमतिविना काठमाडौं उपत्यका बाहिर नजाने गरी तोकेको स्थानहदविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा अन्तरिम आदेश नदिएको छ।

न्यायाधीश नृपध्वज निरौलाको इजलासले सरकार र जाँचबुझ आयोगलाई स्थानहद तोक्ने कारण पेश गर्न आदेश दिँदै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।अधिवक्ता डा. प्रेमराज सिलवालले स्थानहद तोक्नु कानून विपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।

स्थानहदको निर्णय जेन–जी आन्दोलनमा भएको दमन र भोलिपल्टको आगजनीबारे जाँच गर्न गठन भएको आयोगको सिफारिसमा सरकारले गरेको थियो। सो निर्णयअनुसार तत्कालिन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविराज रिजाललाई अनुमतिविना उपत्यका छाड्न नदिने व्यवस्था गरिएको थियो।

साथै तत्कालिन गृहसचिव गोकर्णमणि दुवाडीमाथि पनि यस्तै स्थानहद लागू भएको थियो। तर सरकारी कामकाजका लागि उनी बाहिर जानुपर्ने भएकाले सरकारले दुवाडीको स्थानहद फुकुवा गरेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय