Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

घरजग्गा कारोबारमा लाइसेन्स अनिवार्य, शुल्क ५ लाखदेखि १० लाखसम्म

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१४ कात्तिक । भूमि व्यवस्थापन तथा अभिलेख विभागले अब घरजग्गाको कारोबार गर्ने कम्पनीहरूलाई औपचारिक रूपमा अनुमतिपत्र प्रदान गर्ने भएको छ ।

विभागले एक सूचनामार्फत तीन करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनीहरूलाई अनुमति लिनका लागि आवेदन दिन आह्वान गरेको छ । सरकारले गत असोज २७ गते राजपत्रमा सूचना प्रकाशित गर्दै घरजग्गासम्बन्धी कारोबार गर्ने कम्पनीले अनुमतिपत्र लिन सक्ने व्यवस्था मिलाएको थियो । यो व्यवस्थाले कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

अनुमतिपत्र लिन चाहने कम्पनीहरूले एक महिनाभित्र भूमि व्यवस्थापन तथा अभिलेख विभागमा आवेदन दिन सक्नेछन्। शुल्कको संरचना कारोबारको आधारमा निर्धारण गरिएको छ । ५ करोडसम्मको कारोबारमा ५ लाख शुल्क र ५ करोडभन्दा बढीको कारोबारमा १० लाख शुल्क तोकिएको छ । हाललाई राजपत्रमा प्रकाशित सूचनामा छवटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकालाई यस नयाँ व्यवस्थाको कार्यक्षेत्र चयन गरिएको उल्लेख छ।

ताजा समाचार

थप समाचार