spot_img

लमजुङमा प्रेस चौतारी अध्यक्षको घरमा ढुङ्गा प्रहार

spot_img
spot_img

वीरगन्ज,१४ कात्तिक । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङको बेँसीसहरस्थित निजी निवासमा गएराति अज्ञात समूहले ढुङ्गा प्रहार गरी तोडफोड गरेको घटनाप्रति प्रेस चौतारीले गहिरो निन्दा व्यक्त गरेको छ। पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि नै गम्भीर प्रहार भएको भन्दै संस्थाले घटनाको तत्काल निष्पक्ष छानबिनको माग गरेको छ।

चौतारीका महासचिव हीरामान लामाले आज विज्ञप्ति जारी गर्दै अध्यक्षकै घरमा भएको यो आक्रमणलाई ‘अत्यन्त गम्भीर र निन्दनीय’ कार्यको रूपमा चित्रण गरिएको छ। ‘गत भदौ २४ गतेदेखि सामाजिक सञ्जालमा अध्यक्ष पाण्डेविरुद्ध उत्तेजना फैलाइ घरमा आक्रमण गर्न आह्वान गरिएको थियो। र, गएराति भएको यो आक्रमणले यो घटना षड्यन्त्रपूर्वक आयोजना गरिएको स्पष्ट प्रमाणित भएको छ।’, विज्ञप्तीमा उल्लेख गरिएको छ ।

ढुङ्गा प्रहारबाट अध्यक्ष पाण्डेको घरका झ्यालका सिसाहरू फुटेका छन्। पाण्डेकी ८२ वर्षीया हजुरआमा सुतेको कोठामा सबैभन्दा बढी क्षति पुगेको छ। प्रेस चौतारीले अभिव्यक्ति स्वतन्त्रता र कलमजीवी पत्रकारलाई दबाउने यस्तो प्रयास कहिल्यै सफल नहुने स्पष्ट पारेको छ। संस्थाले यो घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गरी अपराधमा संलग्न व्यक्तिहरूलाई तत्काल पहिचान गरेर कानुनी कठघरामा उभ्याउनका लागि सुरक्षा निकाय र स्थानीय प्रशासनसँग जोडदार माग गरेको छ।

त्यसैगरी नेपाल पत्रकार महासंघले पनि यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पत्रकार महासंघको केन्द्रीय समितिले घटनाको सत्यतथ्य छानबिनको माग गरेको हो। महासचिव रामप्रसाद दाहाल द्वारा हस्ताक्षरित विज्ञप्तिमा बेँसीसहर नगरपालिका ८ स्थित पाण्डेको घरमा कार्तिक १३ गते राति सुनियोजित रूपमा ढुङ्गा प्रहार गरी क्षति पुऱ्याइएको महासंघको लमजुङ शाखाले पुष्टि गरेको उल्लेख छ।

पत्रकारलाई त्रसित बनाउने उद्देश्य ले गरिएको यो घटनाको महासंघले कडा शब्दमा भर्त्सना एवं निन्दा गरेको छ। महासंघले पत्रकारिताको सुरक्षा र अभिव्यक्ति स्वतन्त्रतामाथि भएको यो प्रहारलाई गम्भीरतापूर्वक लिँदै, घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउनका लागि सम्बद्ध पक्षसँग जोडदार माग राखेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय