spot_img

बारामा सामाजिक अगुवा प्रदीप कुशवाहा र दिवेश सिंह पक्राउ

spot_img
spot_img

वीरगन्ज,१४ कात्तिक । बाराको आदर्श कोतवाल गाउँपालिका–१ चिउटाहा निवासी सामाजिक अगुवा प्रदीप कुशवाहा र दिवेश सिंहलाई इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शले नियन्त्रणमा लिएको छ।

स्थानीय समाजसेवी र सरोकारवालाहरूले पक्राउलाई ‘गाउँपालिका अध्यक्षको दबाबमा भएको प्रहरी दादागिरी’ भन्दै विरोध जनाएका छन्। समर्थकहरूले उनीहरूको तत्काल रिहाइको मागसमेत गरेका छन्।

तर जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, गाउँपालिकामा भएको आगजनी घटनाको छानबिनका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार कुशवाहा र अन्य युवाहरूले यसअघि गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेका थिए।

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारामा राखिएको र आजै जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरी कानुनी प्रक्रिया अगाडि बढाइने बताइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय