Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

मधेश प्रदेश सभामुख मण्डलमाथि...

बीरगन्ज,२७ कात्तिक । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाअभियोग लाग्ने तयारी सुरु...

जेनजी आन्दोलनमा क्षति पुगेका...

काठमाडौँ, २७ कात्तिक  । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४६५ मध्ये ४४८ प्रहरी...

मर्मतपछि नेपाल एयरलाइन्सको ट्वीनअटर...

काठमाडौँ,२७ कात्तिक । करिब दुई महिनादेखि ग्राउण्डेड अवस्थामा रहेको नेपाल वायुसेवा निगम (नेपाल...

कारागारबाट फरार कैदी नियन्त्रणमा...

काठमाडौँ, २७ कात्तिक । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा नेपालले जेलबाट भागेका कैदी...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
26.1 C
Birgunj
spot_img

बारामा सामाजिक अगुवा प्रदीप कुशवाहा र दिवेश सिंह पक्राउ

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,१४ कात्तिक । बाराको आदर्श कोतवाल गाउँपालिका–१ चिउटाहा निवासी सामाजिक अगुवा प्रदीप कुशवाहा र दिवेश सिंहलाई इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शले नियन्त्रणमा लिएको छ।

स्थानीय समाजसेवी र सरोकारवालाहरूले पक्राउलाई ‘गाउँपालिका अध्यक्षको दबाबमा भएको प्रहरी दादागिरी’ भन्दै विरोध जनाएका छन्। समर्थकहरूले उनीहरूको तत्काल रिहाइको मागसमेत गरेका छन्।

तर जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, गाउँपालिकामा भएको आगजनी घटनाको छानबिनका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार कुशवाहा र अन्य युवाहरूले यसअघि गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेका थिए।

- Advertisement -

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारामा राखिएको र आजै जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरी कानुनी प्रक्रिया अगाडि बढाइने बताइएको छ।

ताजा समाचार

थप समाचार