spot_img

मन्त्री बन्ने सूचीमा नाम आएपछि चरित्र हत्या भयाे : खगेन्द्र सुनार

spot_img
spot_img

काठमाडौँ,१४ कातिक । दलित अभियन्ता खगेन्द्र सुनारले आफ्नो चरित्र हत्या भएको गुनासो गरेका छन्। उनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै, आफ्नो मन्त्री बन्ने सूचीमा नाम समावेश भएपछि नभएका कुरा लेखेर आफूलाई बदनाम गरिएको बताए।

सुनारले आफ्नो अनुभवलाई जाजरकोटका नवराज विकको सामूहिक हत्यासँग तुलना गर्दै भने, “मिडियाबाट मेरो सामूहिक हत्या भएको छ।” उनले भने, “हिजो, आज र भोलि पनि मन्त्रीको दौडमा रहेकै छैन। तर सञ्चारमाध्यमले भने मन्त्री बन्ने खबर दिएको छ।”

उनी अहिले पनि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको पक्षमा रहेको उल्लेख गर्दै, आफूमाथि लागेको आरोप पुष्टि भए हत्कडी लगाएर अनुसन्धान गर्न पनि तयार रहेको बताए।

सुनारले भने, “माथि लागेको प्रहारले मलाई अझ बलियो र दह्रो बनाएको छ। म न्यायको लागि लडिरहनेछु।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय