spot_img

वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने

spot_img
spot_img

काठमाडौँ,१४ कातिक । नेपाल वायु सेवा निगमको महाप्रबन्धक अब खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ। योग्य उम्मेदवार छान्न र सिफारिस गर्न पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ। यो निर्णय प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा आज गरेकी हुन्।

समितिमा क्याप्टेन कुलबहादुर लिम्बू विज्ञ सदस्यका रूपमा रहनेछन् भने मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिव सदस्य सचिवको काम सम्हाल्नेछन्।

समितिले एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार चयन गरी सिफारिस गर्नुपर्नेछ। नयाँ महाप्रबन्धक नियुक्त नभएसम्म निगमकै वरिष्ठतम कर्मचारी उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धकको रूपमा काम गर्नेछन्।

निगमको सञ्चालक समिति अध्यक्षको काम अर्को व्यवस्था नभएसम्म उपाध्यक्ष विक्रम राईले सम्हाल्ने मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय