spot_img

धनुषामा प्रहरी निरीक्षक निकिता मिश्राको भावनात्मक बिदाई

spot_img
spot_img

धनुषा,१४ कात्तिक । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी निरीक्षक निकिता मिश्राको बिदाई बिहीबार एक भावनात्मक वातावरणमा सम्पन्न भयो। उत्कृष्ट पेशागत दक्षता, इमानदारी र सेवाभावका साथ कार्यभार सम्हालेकी मिश्रालाई सहकर्मी, वरिष्ठ अधिकारी र स्थानीय सरोकारवालाले सम्मानपूर्वक विदाई गरेका थिए।

कार्यक्रममा बोल्दै निरीक्षक मिश्राले धनुषामा बिताएका अनुभवहरू अमूल्य रहेकाले सदैव स्मरण रहने बताइन्। उनले यहाँबाट प्राप्त सिकाइ र अनुभव आफ्नो आगामी सेवामा उपयोगी हुने विश्वास व्यक्त गरिन्।

जिल्ला प्रहरी प्रमुख तथा अन्य अधिकारीहरूले मिश्राको योगदानको प्रशंसा गर्दै उनको सफल भविष्यका लागि शुभकामना व्यक्त गरे। मिश्राले महिला तथा बालबालिका सुरक्षा, सामुदायिक–प्रहरी सम्बन्ध सुदृढीकरण र सुरक्षा व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गरेकी थिइन्। कार्यक्रमको अन्त्यमा उनलाई स्मृति चिन्ह प्रदान गर्दै औपचारिक बिदाई गरिएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय