spot_img

सिरहामा १ वर्ष कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ

spot_img
spot_img

सिरहा,१४ कात्तिक । सिरहा प्रहरीले लामो समयदेखि फरार रहेका एक जना अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लेनदेन बिगो मुद्दामा कैद सजाय पाएका प्रतिवादीलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्राप्त जानकारीअनुसार, हिजो दिउँसो १२ः४० बजेको समयमा इलाका प्रहरी कार्यालय विष्णुपुर सिरहाबाट खटिएको टोलीले विष्णुपुर गाउँपालिका वडा नं. १ स्थित कार्यालय अगाडिको बाटोबाट उनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोही विष्णुपुर गाउँपालिका वडा नं. १ निवासी वर्ष ४० का श्याम सुन्दर यादव रहेका छन्। यादव सिरहा जिल्ला अदालतबाट लेनदेन बिगो मुद्दामा १ हजार ६ सय ५२ रुपैयाँ बिगो र एक वर्ष कैद सजाय तोकिएपछि अनुसन्धानको क्रममा फरार रहँदै आएका थिए।

नियन्त्रणमा लिइएका यादवलाई थप प्रक्रियाका लागि तत्कालै सिरहा जिल्ला अदालतमा उपस्थित गराइएको सिरहा प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय