Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

रवि र छविको सहकारी...

बुटवल,२७ कात्तिक । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

मधेशको आर्थिक वृद्धि ३.८८...

काठमाडौं,२७ कात्तिक । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशतले...

मधेश प्रदेश सभामुख मण्डलमाथि...

बीरगन्ज,२७ कात्तिक । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाअभियोग लाग्ने तयारी सुरु...

जेनजी आन्दोलनमा क्षति पुगेका...

काठमाडौँ, २७ कात्तिक  । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४६५ मध्ये ४४८ प्रहरी...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
26.1 C
Birgunj
spot_img

मुख्यमन्त्री सोनल विश्वासको मतका तयारीमा व्यस्त, समर्थन जुटाउन दौडधूप

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१४ कातिक । मधेश प्रदेशको राजनीतिक माहोल अहिले निकै तातिएको छ। मुख्यमन्त्री जितेन्द्र सोनल आगामी कात्तिक २२ गते प्रदेशसभाबाट विश्वासको मत लिन तयारीमा छन्। प्रदेश सरकारलाई वैधानिक स्थायित्व दिलाउन सोनल अहिले विभिन्न दलहरूसँग समर्थन जुटाउने दौडधूपमा व्यस्त छन्।

गत असोज २९ गते संविधानको धारा १६८(२) अनुसार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। त्यसको भोलिपल्टै उनले जनमत पार्टीका नेता महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिष पटेललाई विना विभागीय मन्त्री नियुक्त गरी सत्ता संयोजनको प्रारम्भिक संकेत दिएका थिए।

अब सोनलको अग्नि परीक्षा कात्तिक २२ गते हुनेछ, जहाँ विश्वासको मतमार्फत आफ्नो सरकारलाई वैधानिक समर्थन दिलाउने तयारी छ। सुरुमा पाँच दलको सहमतिको आधारमा गठन भएको सरकार अहिले सात दलको समर्थनमा कार्यरत छ। प्रदेशसभामा हाल १०४ सदस्य रहेका छन् र बहुमतका लागि आवश्यक संख्या ५३ हो। यस हिसाबले सोनलको सरकार ५७ सदस्यको समर्थनसँग सुरक्षित देखिन्छ।
समर्थन जनाउने दल र सदस्य संख्या यसप्रकार छन्:
जसपा नेपाल — १८ जना
जनमत पार्टी — १३ जना
माओवादी केन्द्र — ९ जना
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) — ८ जना
नेकपा (एकीकृत समाजवादी) — ७ जना
नागरिक उन्मुक्ति पार्टी — १ जना
नेपाल संघीय समाजवादी पार्टी — १ जना
सात दलको समर्थनपछि सोनल सरकारले स्थायित्वको संकेत दिए पनि राजनीतिक समीकरण कहिले बदलिन्छ भन्न सकिँदैन। त्यसैले मुख्यमन्त्री सोनल पछिल्ला दिनहरूमा नेपाली कांग्रेस र नेकपा एमालेका नेतासँग पनि भेटघाट र परामर्शमा जुटेका छन्।

- Advertisement -

विश्वासको मत सुरक्षित भएपछि मात्रै उनले मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका छन्। हालको अवस्थामा स्थायित्वलाई प्राथमिकता दिएको सोनलको नीति प्रदेशमा स्थिर सरकार सञ्चालनका लागि महत्वपूर्ण मानिएको छ।

 

ताजा समाचार

थप समाचार