spot_img

एमाले सचिवालय बैठक शनिबार: महाधिवेशन र जनपरिचालन कार्यतालिका तय हुने

spot_img
spot_img

काठमाडौँ,१४ कातिक । नेकपा एमालेको सचिवालय बैठक शनिबार बिहान अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास, भक्तपुरको गुण्डुमा बस्ने भएको छ। बैठकमा मुख्यत: दुई विषयमा छलफल हुने नेताहरूले बताएका छन्।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठकको पहिलो एजेन्डा आगामी मंसिर २७–२९ गते पोखरामा हुने ११ औँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नु हुनेछ। बैठकले महाधिवेशन प्रतिनिधि चयन, सदस्यताको निर्क्योल, विधि र मापदण्ड निर्धारण गर्नुका साथै विभिन्न समिति र उपसमितिहरूको गठन गर्ने निर्णय गर्नेछ।

दोस्रो एजेन्डा भने विघटित प्रतिनिधि सभाको पुनर्स्थापनासँग सम्बन्धित जनपरिचालनको योजना तय गर्नु रहेको छ।

एमालेले विगतमा, २०७८ साल मंसिरमा चितवनको सौराहामा १० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो। प्रत्येक पाँच वर्षमा आयोजना गर्नुपर्ने महाधिवेशन यसपटक झन्डै एक वर्ष छिट्टै गर्ने तयारी भइरहेको छ।

स्रोतका अनुसार, सचिवालय बैठकले महाधिवेशन र जनपरिचालन सम्बन्धी निर्णय लिएसँगै पार्टी आन्तरिक स्थायित्व र संगठन सुदृढीकरणमा ठोस कदम चाल्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय