Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

शव फ्रीजमै, परिवार असहाय : उपचार खर्च तिर्न नसक्दा मृतकको शव अस्पतालमै रोकियो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज, १४ कात्तिक । पर्साको बहुदरमाई नगरपालिका–४ डोकेला बहुअरीका ५५ वर्षीय महेन्द्र राउत अहिरको शव उपचार खर्च तिर्न नसक्दा वीरगंज गण्डकस्थित नेपाल मेडिसिटी वयोधा अस्पतालको फ्रीजमा नै राखिएको छ।

गत असोज १८ गते साँझ डोकेला चोकमा पैदल हिँडिरहेका राउतलाई बहुदरमाई–१ ध्यानसिंह पिपरा बस्ने मन्देश साह तुरहा सवार मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका राउतको टाउकोको शल्यक्रिया गरिएको थियो। करिब १७ दिन उपचारपछि उनको मृत्यु भएको परिवारजनले जानकारी दिएका छन्।

अस्पतालका अनुसार राउतको उपचारमा करिब नौ लाख रुपैयाँ खर्च भएको छ। तर, ठक्कर दिने पक्षले डेढ लाख र मृतक परिवारले दुई लाख रुपैयाँ मात्र बुझाएका छन्। बाँकी रकम तिर्न नसक्दा अस्पतालले शव फिर्ता गर्न अस्वीकार गरेको हो।

अस्पताल प्रशासन शाखाका प्रमुख विष्णु पटेलका अनुसार उपचार खर्च परिवारले बेहोर्ने सहमति लिएर मात्र उपचार सुरु गरिएको थियो। “कुल बिल तिर्नु पर्ने कानुनी दायित्व परिवारकै हो,” उनले भने, “बाँकी रकम नतिर्दासम्म शव फिर्ता गर्न सकिँदैन।”

आर्थिक रूपमा कमजोर राउत परिवारसँग अब श्रीमती र एक अपांग छोरा मात्र छन्। आफन्तले सहयोग जुटाउन खोजे पनि हालसम्म डेढ लाख रुपैयाँ मात्र संकलन भएको परिवारजन रमेश यादवले बताए।

परिवारले भने ठक्कर दिने मन्देश साह तुरहालाई तत्काल पक्राउ गरी उपचार खर्च र क्षतिपूर्ति दिलाउन पर्सा प्रहरीले पहल गर्न माग गरेका छन्। इलाका प्रहरी कार्यालय पोखरियाले भने फरार चालकको खोजी तीव्र रूपमा भइरहेको जनाएको छ।

 

ताजा समाचार

थप समाचार