Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

आज हरिबोधिनी एकादशी, तुलसी र भगवान् दामोदरको विवाह हुँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१५ कात्तिक । आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले वर्षको ठूलो एकादशी मानिने हरिबोधिनी एकादशी मनाइरहेका छन् । भक्तजनले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदर (विष्णु)सँग विवाह गरी विशेष पूजा आराधना गर्दैछन् ।

प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने यो पर्वलाई प्रबोधिनी एकादशी पनि भनिन्छ । असार शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आजको दिन जाग्रत हुने धार्मिक विश्वास रहेको छ ।

असार शुक्लदेखि कात्तिक शुक्ल एकादशीसम्मको समयलाई चातुर्मास भनिन्छ, जसअन्तर्गत विवाह, ब्रतबन्धजस्ता माङ्गलिक कार्य गर्न निषेध गरिएको परम्परा छ । यस अवधिमा भक्तजनले तुलसीको व्रत बस्दै विष्णुप्रति भक्ति प्रदर्शन गर्छन् ।

आजका दिन घरघरमा तुलसीको मठ गाईको गोबर र रातो माटोले पोतेर फूलमाला र दीपले सजाइन्छ । तुलसीको मठ नजिकै निगालाको लिङ्ग (विष्णुको प्रतीक) गाडी विधिपूर्वक पूजा गरी तुलसी र दामोदरको विवाह सम्पन्न गरिन्छ ।

धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार, आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म अग्निस्थापना नगरेका दिन पनि अग्निस्थापना विधिबाट हवन र विशेष पूजा गर्न सकिने शास्त्रीय मान्यता छ ।

तुलसीलाई धार्मिक मात्र नभई वैज्ञानिक दृष्टिले पनि लाभदायक मानिन्छ । तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी, औलो र अन्य रोगको औषधि हो । तुलसीको सुगन्धले वातावरण शुद्ध पार्ने, लामखुट्टे र विषालु जीव टार्ने गुण रहेको जनविश्वास छ ।

गरुड पुराणमा उल्लेख भएअनुसार, एक तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल प्राप्त हुन्छ । भक्तजनले आज फलाहार गर्दै सखरखन्ड, पिँडालु, तरुल आदिको सेवन गर्छन् । यस व्रतले पाप नाश भई मोक्ष प्राप्त हुने विश्वास छ ।

धार्मिक दृष्टिले आजको दिन अत्यन्त पवित्र मानिन्छ । राजधानीसहित देशभरका नारायण मन्दिरहरूमा आज विशेष पूजा र मेलाको आयोजना गरिएको छ ।

काठमाडौँका चार नारायणस्थान—चाँगुनारायण, विशङ्खुनारायण, शेषनारायण र इचँगुनारायण—मा ठूलो मेला लाग्ने परम्परा छ । यी स्थानहरूमा जान नसक्ने भक्तजनले बूढानीलकण्ठ नारायणस्थानको दर्शन गरे पनि चारै नारायणको दर्शन बराबर फल प्राप्त हुने विश्वास गरिन्छ ।

त्यसैगरी, धादिङको नीलकण्ठ नगरपालिका–४ मा रहेको ऐतिहासिक कालिका मन्दिरमा पनि आज विशेष मेला लाग्दैछ ।

आज साँझ भक्तजनले शङ्ख, घण्टा र ढोल बजाउँदै “गोविन्द उठ्नुस्, तपाईं उठे जगत् उठ्छ” भन्दै भगवान् विष्णुलाई जागाउने धार्मिक परम्परा पालना गर्नेछन् ।

हरिबोधिनी एकादशी व्रतले हजार अश्वमेध र राजसूय यज्ञ गरे बराबरको फल प्रदान गर्ने शास्त्रीय मान्यता रहेको छ ।

ताजा समाचार

थप समाचार