spot_img

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक

spot_img
spot_img

काठमाडौँ,१५ कार्तिक  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ।

निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाउने र पेट्रोलको मूल्य यथावत राख्ने निर्णय गरेको हो।

नयाँ मूल्यसूची गएराति १ बजेदेखि लागू भएको निगमले जनाएको छ। निगमका अनुसार हवाई इन्धनको मूल्य पनि समायोजन गरिएको छ। आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा प्रतिकिलोलिटर अमेरिकी डलर सातले वृद्धि गरिएको छ।

निगमले इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको स्पष्ट पारेको छ। नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.०३ ले वृद्धि, हवाई इन्धनमा प्रतिलिटर रु ०.८६ ले वृद्धि र डिजेलमा प्रतिलिटर रु १.१९ ले कमी आएको निगमले जनाएको छ।

त्यसअनुसार उपभोक्तालाई डिजेल र मट्टितेलमा राहत दिँदै पेट्रोलको मूल्य स्थिर राखिएको निगमको भनाइ छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय