Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१५ कार्तिक  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ।

निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाउने र पेट्रोलको मूल्य यथावत राख्ने निर्णय गरेको हो।

नयाँ मूल्यसूची गएराति १ बजेदेखि लागू भएको निगमले जनाएको छ। निगमका अनुसार हवाई इन्धनको मूल्य पनि समायोजन गरिएको छ। आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा प्रतिकिलोलिटर अमेरिकी डलर सातले वृद्धि गरिएको छ।

निगमले इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको स्पष्ट पारेको छ। नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.०३ ले वृद्धि, हवाई इन्धनमा प्रतिलिटर रु ०.८६ ले वृद्धि र डिजेलमा प्रतिलिटर रु १.१९ ले कमी आएको निगमले जनाएको छ।

त्यसअनुसार उपभोक्तालाई डिजेल र मट्टितेलमा राहत दिँदै पेट्रोलको मूल्य स्थिर राखिएको निगमको भनाइ छ।

ताजा समाचार

थप समाचार