Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

डेडिकेटेड लाइन’ विवाद :...

काठमाडौं,२३ कात्तिक । ‘डेडिकेटेड लाइन’ विवादमा नेपाल उद्योग, वाणिज्य महासंघ र सरकारबीच भएको...

काठमाडौंको खुला ठाउँमा फोहोर...

काठमाडौँ,२३ कात्तिक । काठमाडौं महानगरपालिकाले बढ्दो वायु प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यका साथ महानगरभित्र...

२१ फागुनको निर्वाचन सफल...

काठमाडौं,२३ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचन सफल...

जुकाको औषधि घाँटीमा अड्किँदा...

रुपन्देही,२३ कात्तिक । दाङमा जुकाको औषधि खुवाउने क्रममा १८ महिने बालिकाको मृत्यु हुने...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

बीरगन्ज ग्याङ फाइटमा हत्या आरोपित चार जना पुर्पक्षका लागि थुनामा

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१५ कातिक । बीरगन्जमा दसैं मेलाको रात भएको ग्याङ फाइटमा युवकको मृत्यु भएपछि पक्राउ परेका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।

गत असोज १४ गते राति साढे ११ बजेतिर वीरगन्ज महानगरपालिका–१० गीता मन्दिर सडकछेउमा लागेको गहवामाई मेलामा दुई समूहबीच विवाद हुँदा २० वर्षीय शिवम साह कानु (गोल्डेन) लाई कुटपिट र चक्कु प्रहार गरिएको थियो। गम्भीर घाइते भएका साहको घटनास्थलमै मृत्यु भएको थियो।

घटनापछि प्रहरीले ‘खुनी दरिन्दे’ नामक ह्वाट्सअप समूह सञ्चालन गर्ने समूहका चार सदस्यलाई पक्राउ गरेको थियो। पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेका मध्ये वीरगन्ज–२४ रामगढवाका १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल उर्फ करणप्रसाद पटेल र एक १७ वर्षीय किशोर रहेका छन्।

- Advertisement -

पक्राउ परेकालाई शुक्रबार जिल्ला अदालतमा पेश गरिएको थियो। अदालतको आदेशअनुसार चारै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

थप समाचार