spot_img

बारामा अविरल वर्षाले धानबाली डुबायो, किसान चिन्तित

spot_img
spot_img

बीरगन्ज, १५ कात्तिक । लगातार तीन दिनदेखि परेको बेमौसमी वर्षाले बाराका किसानहरूलाई ठूलो मार परेको छ। भित्राउने तयारीमा रहेका पाकेका धानबाली पानीमा डुबेर सड्ने अवस्थामा पुगेका छन्।

विशेषगरी जिल्लाको उत्तरी क्षेत्र  कोल्हवी, निजगढ, जीतपुरसिमरा र करैयामाईका खेतहरूमा वर्षापछि पानी जम्दा किसानहरू धान काट्न र सुरक्षित राख्न नसक्ने अवस्थामा पुगेका छन्। खेतमा डुबेका धान काट्ने, थुपार्ने र उठाउने सबै प्रक्रिया अवरुद्ध भएको छ।

जीतपुरसिमरा–१७ रामनगरका किसानहरूले भने, “धान काट्ने मजदुरै पाइएन, टेक्टर र मेशिनले काटेका धान पनि खेतमै भिजेर नोक्सान भयो।”कृषि प्राविधिकहरूका अनुसार, निरन्तर पानी परेपछि हाइब्रिड मसिनो र कर्तनी जातका धान सड्ने जोखिम बढेको छ, जसले उत्पादनमा ठुलो गिरावट ल्याउने सम्भावना छ।

तर यो वर्षा सबै किसानका लागि नोक्सानीको कारण मात्रै बनेको छैन। तोरी र मकै लगाउने किसानहरूले भने यो पानीलाई “अमृत” मानेका छन्। वर्षाले जमिन भिजेपछि समयमै बिउ छर्ने अवसर पाएका छन्।

त्यस्तै, पशुपालक किसानहरूका लागि पनि वर्षा राहत बनेको छ। लामो समयदेखि सुख्खा भएका खेत–खलियान हरियो घाँसका लागि पुनः उपयोगी बनेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय