spot_img

एभरेस्ट बैंक र बीरगन्ज आँखा केन्द्रद्वारा बारामा निःशुल्क आँखा शिविर

spot_img
spot_img

बारा,१५ कातिक । बारामा एभरेस्ट बैंकको ३१औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ। विपन्न, सिमान्तकृत र दलित समुदायका नागरिक लक्षित उक्त शिविर एभरेस्ट बैंक प्रदेश कार्यालय, मधेस प्रदेशको पहलमा र बीरगञ्ज सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो।

गत साता सम्पन्न शिविरमा करिब ६०० जना पुरुष र महिलाको आँखा परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये १०० जनामा मोतियाबिन्दु फेला परेपछि ती बिरामीको बीरगञ्ज सामुदायिक आँखा केन्द्रमा निःशुल्क शल्यक्रिया गरिएको हो।

मेडिकल संयोजक महेश सिंह धामीका अनुसार शल्यक्रिया डा. सागर रुइत नेतृत्वको वरिष्ठ नेत्र विशेषज्ञ टोलीले सम्पन्न गरेको हो। धामीले शिविरले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि ठूलो राहत पुगेको बताए।

एभरेस्ट बैंकका प्रदेश प्रमुख पुष्पराज उप्रेतीले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य र जनकल्याणका क्षेत्रमा निरन्तर योगदान दिइरहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

सामाजिक सेवा र मानवतामूलक भावनासँग जोडिएको यस अभियानले बाराका नागरिकमा आँखा स्वास्थ्यप्रतिको सचेतना र उपचारप्रतिको पहुँच दुवै बढाएको जनाइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय