Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

फुटेपछि एकताको कुरा गर्नु वाहियात हो : गोकुल बाँस्कोटा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१५ कातिक । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले वामपन्थी दलबीचको एकता प्रयासप्रति तीखो टिप्पणी गर्दै फुटेपछि मात्रै एकताको कुरा गर्नु “वाहियात” भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै बाँस्कोटाले नेपाली वामपन्थीहरू बारम्बार एउटै गल्ती दोहोर्याइरहेको आरोप लगाए। उनका अनुसार, दलहरूबीच “मिल्दैनन् तर मिसिन्छन्” भन्ने प्रवृत्ति वाम राजनीति भित्र गहिरो समस्या बनेको छ।

उनले लेखेका छन्  “फुटेपछि एकताको आवश्यकता सम्झनु वाहियात हो। नेपालका वामपन्थीहरू त्यही प्रवृत्तिबाट अभिशप्त छन्। मिसिने तर नमिल्ने  हिन्द र प्रशान्त महासागर जस्ता कारण गहिराइको चाप र नेतृत्वको राप।”

बाँस्कोटाले थपे, “फुटभन्दा जुट राम्रो हो, तर एकताको नाममा ढोक्सामा परेको माछो हुन हुँदैन, जसलाई अरूले तारेर खाओस् वा सुरुवा बनाएर पिउन सकून्।”

उनको उक्त टिप्पणीले वामपन्थी दलबीच पुनः एकता प्रयास चलिरहेका बेला नयाँ राजनीतिक बहसलाई जन्म दिएको छ।

ताजा समाचार

थप समाचार