spot_img

फुटेपछि एकताको कुरा गर्नु वाहियात हो : गोकुल बाँस्कोटा

spot_img
spot_img

काठमाडौँ,१५ कातिक । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले वामपन्थी दलबीचको एकता प्रयासप्रति तीखो टिप्पणी गर्दै फुटेपछि मात्रै एकताको कुरा गर्नु “वाहियात” भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै बाँस्कोटाले नेपाली वामपन्थीहरू बारम्बार एउटै गल्ती दोहोर्याइरहेको आरोप लगाए। उनका अनुसार, दलहरूबीच “मिल्दैनन् तर मिसिन्छन्” भन्ने प्रवृत्ति वाम राजनीति भित्र गहिरो समस्या बनेको छ।

उनले लेखेका छन्  “फुटेपछि एकताको आवश्यकता सम्झनु वाहियात हो। नेपालका वामपन्थीहरू त्यही प्रवृत्तिबाट अभिशप्त छन्। मिसिने तर नमिल्ने  हिन्द र प्रशान्त महासागर जस्ता कारण गहिराइको चाप र नेतृत्वको राप।”

बाँस्कोटाले थपे, “फुटभन्दा जुट राम्रो हो, तर एकताको नाममा ढोक्सामा परेको माछो हुन हुँदैन, जसलाई अरूले तारेर खाओस् वा सुरुवा बनाएर पिउन सकून्।”

उनको उक्त टिप्पणीले वामपन्थी दलबीच पुनः एकता प्रयास चलिरहेका बेला नयाँ राजनीतिक बहसलाई जन्म दिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय