spot_img

जेनजी क्रान्तिलाई तेस्रो जनआन्दोलनको रूपमा वैधानिकता दिनुपर्छ : डा. कार्की

spot_img
spot_img

काठमाडौँ,१५ कातिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले हालै भएको ‘जेनजी क्रान्ति’ लाई नेपालको तेस्रो जनआन्दोलनको रूपमा वैधानिक मान्यता दिनुपर्ने धारणा व्यक्त गरेकी छन्।

उनका अनुसार, भदौ २३ गतेको शान्तिपूर्ण विद्रोहले नेपालको राजनीति र सुशासनमा नयाँ चेतना भित्र्याएको छ, जसलाई संस्थागत गर्न जरुरी छ। “जेनजी पुस्ताले देखाएको राजनीतिक चेत र नीतिगत जागरणलाई राज्यले आत्मसात गर्नुपर्छ,” उनले भनिन्।

डा. कार्कीले भनेकी छन्, भदौ २४ गते देखिएको तोडफोड र आगजनीका घटनाको दोष सम्पूर्ण जेनजी पुस्तामाथि थोपर्नु अन्यायपूर्ण छ। “त्यो दिनका हिंसात्मक गतिविधि योजनाबद्ध हुन सक्थे, तर त्यसले भदौ २३ को जनभावनालाई ढाक्न सक्दैन,” उनको भनाइ थियो।

उनले सरकारले आन्दोलनका क्रममा देखाएको आपराधिक र अमानवीय व्यवहारको छानबिन गरी जिम्मेवारलाई कानुनी कारबाही गर्नुपर्ने माग समेत गरेकी छन्। साथै, आन्दोलनका क्रममा घाइतेहरू र सहिद परिवारप्रति राज्यले ससम्मान जिम्मेवारी लिनुपर्ने उनको जोड छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय