spot_img

झापामा शर्माको हत्यामा संलग्न दुई जना पक्राउ

spot_img
spot_img

झापा,१५ कातिक । शिवसताक्षी–१० का ३३ वर्षीय सरोज शर्माको हत्या आरोपमा झापा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमध्ये एक जनालाई जोगवनी र अर्का एक जनालाई माइधारबाट पक्राउ गरिएको हो।

शर्माको कार चारआली–भद्रपुर सडक खण्ड अन्तर्गत हातेमालो सामुदायिक वनभित्र जलेको अवस्थामा दुई दिनअघि फेला परेको थियो। प्रारम्भिक अनुसन्धानपछि प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूको बयान अनुसार हत्या पछि शर्माको शव गाढिएको खुलेको छ। उनीहरूले शव चारआली जंगलभित्र गाडेको बताएका थिए, तर आज विहान शव हुलाकी सडकको विरिङ पुलमुनी फेला परेको छ।

प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका व्यक्तिहरू लागुऔषध कारोबारमा संलग्न हुन सक्ने अनुमान गरिएको छ। प्रहरीले थप अनुसन्धानपछि घटना र आरोपहरूको पुष्टि गर्ने जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय