Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

रवि र छविको सहकारी...

बुटवल,२७ कात्तिक । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

मधेशको आर्थिक वृद्धि ३.८८...

काठमाडौं,२७ कात्तिक । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशतले...

मधेश प्रदेश सभामुख मण्डलमाथि...

बीरगन्ज,२७ कात्तिक । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाअभियोग लाग्ने तयारी सुरु...

जेनजी आन्दोलनमा क्षति पुगेका...

काठमाडौँ, २७ कात्तिक  । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४६५ मध्ये ४४८ प्रहरी...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
26.1 C
Birgunj
spot_img

सर्लाहीमा बेमौसमी वर्षाले धानबालीमा ठूलो क्षति

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सर्लाही,१५ कातिक । बेमौसमी वर्षाका कारण सर्लाहीका किसानहरू चिन्तित बनेका छन्। जिल्लाको बरहथवा, बागमती र अन्य क्षेत्रमा भित्र्याउन ठिक्क पारेको धानबालीमा लगातार परेको झरीले ठूलो क्षति पुर्‍याएको छ।

बरहथवा–१४ का किसान विन्देश्वर रायले भने, “एक विघा खेतको धान काटेर राखेको थियो, तर बिहीबारदेखि परेको झरीले धान भिजेर केही दिनमै उम्रिन थाल्छ। केही त कुहिसक्यो र काम नलाग्ने अवस्थामा पुगेको छ।” बरहथवा नगरपालिका–११ का किसान यज्ञ धिमालले पनि बोटमै रहेको धानमासमेत झरेको र जमिन गल्दा बोट लड्ने समस्या भएको बताए।

कृषि प्राविधिक हिमाल शाहीका अनुसार, बेमौसमी वर्षाले समयमै काटेर राखिएको धानको ठूलो हिस्सा नष्ट हुने जोखिममा छ। जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले भने, “जिल्लाको अधिकांश स्थानमा किसानले भित्र्याउन तयार गरेको धानमा ठूला क्षति पुगेको छ। यस वर्ष ८० प्रतिशत हाराहारीमा मात्र धान रोपाइँ भएको थियो, त्यो पनि ढिला हुँदा उत्पादनमा गिरावटको संभावना छ।”

- Advertisement -

किसानहरूले यस वर्षको उत्पादन सुरक्षित राख्न थप चुनौतीको सामना गर्नुपर्ने भएको छ।

ताजा समाचार

थप समाचार