spot_img

सर्लाहीमा बेमौसमी वर्षाले धानबालीमा ठूलो क्षति

spot_img
spot_img

सर्लाही,१५ कातिक । बेमौसमी वर्षाका कारण सर्लाहीका किसानहरू चिन्तित बनेका छन्। जिल्लाको बरहथवा, बागमती र अन्य क्षेत्रमा भित्र्याउन ठिक्क पारेको धानबालीमा लगातार परेको झरीले ठूलो क्षति पुर्‍याएको छ।

बरहथवा–१४ का किसान विन्देश्वर रायले भने, “एक विघा खेतको धान काटेर राखेको थियो, तर बिहीबारदेखि परेको झरीले धान भिजेर केही दिनमै उम्रिन थाल्छ। केही त कुहिसक्यो र काम नलाग्ने अवस्थामा पुगेको छ।” बरहथवा नगरपालिका–११ का किसान यज्ञ धिमालले पनि बोटमै रहेको धानमासमेत झरेको र जमिन गल्दा बोट लड्ने समस्या भएको बताए।

कृषि प्राविधिक हिमाल शाहीका अनुसार, बेमौसमी वर्षाले समयमै काटेर राखिएको धानको ठूलो हिस्सा नष्ट हुने जोखिममा छ। जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले भने, “जिल्लाको अधिकांश स्थानमा किसानले भित्र्याउन तयार गरेको धानमा ठूला क्षति पुगेको छ। यस वर्ष ८० प्रतिशत हाराहारीमा मात्र धान रोपाइँ भएको थियो, त्यो पनि ढिला हुँदा उत्पादनमा गिरावटको संभावना छ।”

किसानहरूले यस वर्षको उत्पादन सुरक्षित राख्न थप चुनौतीको सामना गर्नुपर्ने भएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय