spot_img

लुम्बिनी प्रदेशसभामा रिक्त सदस्य पदमा निलम पासवानको शपथ

spot_img
spot_img

बुटवल,१५ कातिक । लुम्बिनी प्रदेशसभामा रिक्त भएको सदस्य पदमा जनमत पार्टीकी निलम पासवानले शुक्रवार शपथ ग्रहण गरेकी छन्। उनी सभामुख तुलाराम घर्ती मगरको उपस्थितिमा पद तथा गोपनियताको शपथ लिनु भएको हो।

यो पद जनमत पार्टीकी सदस्य गीता गुरुङले राजीनामा दिएपछि रिक्त भएको थियो। पासवानको नाम पार्टीको समानुपातिक बन्दसूची ४ अन्तर्गत दलित क्लष्टरको पहिलो नम्बरमा रहेको थियो। पार्टीको सिफारिसअनुसार निर्वाचन आयोगले उनलाई रिक्त पदमा नियुक्त गरेको हो।

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ स्थायी बासिन्दा पासवान हाल जनमत पार्टीकी कार्यकारिणी सदस्य समेत हुन्। लुम्बिनी प्रदेशसभामा ८७ सदस्य छन् जसमा जनमत पार्टीका तीन जना सदस्य रहेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय