spot_img

राष्ट्र संकटमा समाजवादी क्रान्ति नजिक : प्रचण्ड

spot_img
spot_img

काठमाडौं, १५ कात्तिक । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र गम्भीर संकटमा रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित शहीद प्रतिष्ठान नेपालको साधारण सभामा सम्बोधन गर्दै उनले वर्तमान समयलाई ‘साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको टक्करको चरण’ भएको बताए।

प्रचण्डले नेपालमा भदौ २३ र २४ का घटनाक्रमलाई समाजवादी क्रान्तिको प्रारम्भिक संकेतको रूपमा व्याख्या गर्दै भने, “क्रान्ति अब टाढा छैन, बरु नजिक आएको छ। जनताको असन्तुष्टि र आक्रोश सही ढंगले संगठित गर्न सके समाजवादी क्रान्ति छोटो समयमै सम्भव छ।”

उनले आफ्नो नेतृत्वमा प्रधानमन्त्री र प्रतिपक्षको भूमिकामा रहँदा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न निरन्तर प्रयास गरेको बताए। यद्यपि शहीद घोषणा, विधेयक निर्माण र आयोग गठन भए पनि अपेक्षित परिणाम अहिलेसम्म प्राप्त नभएको उनले बताएका छन्।

प्रचण्डले मुलुकको वर्तमान अवस्थालाई “राष्ट्रको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ता” माथि चुनौतीको रूपमा चित्रित गर्दै सबै देशभक्त, वामपन्थी र क्रान्तिकारी शक्तिलाई राष्ट्रिय स्वाधीनता र समाजवादी क्रान्तिको रक्षा गर्न एउटै मोर्चामा उभिन आह्वान गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय