वीरगंज, १५ कात्तिक – वीरगंज महानगरपालिका वडा नं. २६ सुगौली बिर्ता मेलामा आयोजित कुस्ती प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेस पर्साका पूर्व सभापति एवं संविधान सभा सदस्य राजेन्द्रबहादुर आमात्यले गरेका छन्। हरेक वर्ष जस्तै यस वर्ष पनि मेलामा भव्य कार्यक्रम आयोजना गरिएको छ, र कुस्ती प्रतियोगिताको उद्घाटन आमात्यले रिबन काटेर गरेका हुन्।
मधेशको सांस्कृतिक पहिचानसँग जोडिएको यस कुस्ती प्रतियोगितामा नेपाल र भारतका चर्चित खेलाडीहरुको सहभागिता रहेको छ। प्रतियोगितामा भारतका अब्दुल गनी र नेपालका देवा थापा बीचको रोमाञ्चक भिडन्तले दर्शकहरूको ध्यान केन्द्रित गरेको छ।
उद्घाटन समारोहमा वडा अध्यक्ष शम्भु मिश्रा ,नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रेमचन्द्र दुबे, विजय कर्ण, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव विजय उपाध्याय, रोशन लामीछाने, मनोज यादव, मुकेश गुप्ता, मनोज साह, मनोहर साह, संजय चतुर्वेदी, संतोष कुमार गुप्ता, गौरीशंकर गुप्ता, अगन्त चौरसिया, रुपेश साह, राहुल गुप्ता लगायतको उपस्थिती रहेको थियो।



