spot_img

सुशासन र संघीयता संस्थागत गरी मधेशलाई समुन्नत बनाउने मुख्यमन्त्री सोनलको प्रतिबद्धता

spot_img
spot_img

वीरगन्ज,१५ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेशलाई भ्रष्टाचारमुक्त बनाई सुशासन स्थापना गर्ने दिशामा सरकार प्रतिबद्ध रहेको बताएका छन्। बाराको सिमरामा आज आयोजित सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २३ औं साधारणसभा तथा अधिवेशनमा सम्बोधन गर्दै उनले जनताको हित केन्द्रमा राखेर शासन सञ्चालन गर्ने प्रतिवद्धता दोहोर्‍याए।

मुख्यमन्त्री सोनलले नागरिकको जीविकोपार्जन र सामाजिक सौहार्द कायम गर्न प्रदेश सरकार पूर्ण रूपमा जुट्ने बताए। उनले नेपाल र मधेश प्रदेशको भूमि असाध्यै महत्त्वपूर्ण भएको स्मरण गराउँदै ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने सन्देश सुनाए।

सोनलले देश अहिले कुशासन, भ्रष्टाचार र अस्थिरताका चुनौतीसँग जुधिरहेको स्वीकार्दै प्रदेश सरकारले व्यथित जनताको पक्षमा कदम चाल्ने बताए। उनले भ्रष्टाचारलाई समाप्त गर्दै सुशासनको दिशा अगाडि बढाउने र समुन्नत समाज तथा राज्य निर्माणमा केन्द्रित हुने बताए।

मुख्यमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था गरिब र निमुखा जनताको लागि उपयुक्त भएको बताउँदै संविधान, नेतृत्व र प्रशासनमा देखिएका कमजोरीहरू सुधार गर्दै व्यवस्थालाई संस्थागत बनाउने लक्ष्य स्पष्ट पारे। उनले यही व्यवस्था अन्तर्गत मधेश प्रदेशलाई समुन्नत प्रदेश र नेपालको समग्र विकासलाई समुन्नत राष्ट्र बनाउने महत्वाकांक्षी योजना रहेको बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय