spot_img

खनालको जवाफ : “हामी वनमा छैनौं, घरमै छौं”

spot_img
spot_img

काठमाडौं, १५ कात्तिक । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी छोडेका कार्यकर्तालाई घर फर्कन आह्वान गरेको विषयमा ठट्यौली जवाफ दिएका छन्।

सुकेधारामा आफू पक्षीय भेलामा सञ्चारकर्मीको प्रश्नको जवाफ दिदै खनालले भने, “हामी कोही पनि वनमा छैनौं, घरमै छौं। घर फर्कन ढोका राम्रोसँग खोल्नुपर्छ र बस्ने ठाउँ राम्रो बनाउनुपर्छ।”

खनालले ओलीको आह्वानलाई सकारात्मक रूपमा लिँदै चारवटा शर्त अघि सारेको उल्लेख गरे। उनले माओवादी केन्द्रसँग पार्टी एकता भएपछि असन्तुष्ट भएको र कम्युनिष्ट एकता प्रक्रियामा समय समयमा टुक्राटुक्रा हुनु स्वाभाविक भएको बताए।

उनले भने, “कहिलेकाहीँ टुक्रा हुँदा सिंगो हुन्छ। पुनर्गठन र गठन प्रक्रिया अन्तर्गत छलफल भइरहेकै छ, जसले कम्युनिष्ट आन्दोलनलाई व्यापक एकतामा पुर्‍याउनेछ।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय