बीरगन्ज,१५ कातिक । पर्सा जिल्ला प्रहरी कार्यालयमा कार्यरत डीएसपी किशोर लाम्साललाई बीरगन्जस्थित मसल बैंक जिम क्लबले सम्मानपूर्वक बिदाई गरेको छ।
क्लबका पदाधिकारी र सदस्यहरूले लाम्सालको अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन र समुदायसँगको समन्वयमा देखाएको सक्रियता, अनुशासन र जनमैत्री व्यवहारको प्रशंसा गरेका थिए। क्लब अध्यक्ष मो। अमन रायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले लाम्सालको आगामी कार्यस्थलमा सफलता र उन्नतिका लागि शुभकामना व्यक्त गरेका छन्।
डीएसपी लाम्साल हाल झापाको दमकमा सरुवा भइसकेका छन्। बिदाई कार्यक्रममा उपस्थित सबैले उनको आगामी जिम्मेवारीमा पनि जनसेवा र इमानदार नेतृत्व जारी रहने विश्वास व्यक्त गरेका छन्।




