काठमाडौँ,१५ कातिक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र फरक मत हुनु स्वाभाविक भए पनि फुट आउने अनुमान गलत भएको बताएका छन्।
शनिबार सानेपास्थित पार्टी मुख्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शर्माले महाधिवेशनको मिति तय गर्ने प्रक्रियामा महासमिति सदस्यहरूको सुझावलाई प्राथमिकता दिन सकिने बताए। उनले पार्टीमा विगत, वर्तमान र भविष्यमा फरक मत रहने तर त्यसैले पार्टी फुट्ने आधार नहुने स्पष्ट पारे।
शर्माले महाधिवेशनको मिति तय गर्न चार विकल्पहरू रहेको उल्लेख गर्दै, पुस १६–१९ गते बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीति अनुसार महाधिवेशन गर्ने प्रस्तावमा आफू जोड दिएको बताए। उनले महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरलाई केन्द्रमा राखेर निर्णय गर्नु आवश्यक रहेको पनि औँल्याए।




