Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

करेन्ट लागेर महिलाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सप्तरी,१५ कात्तिक । सप्तरीको बोदेबर्साईन नगरपालिकामा शनिबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

नगरपालिको वडा –२ बैरियास्थित लुगा सुकाउने क्रममा फलामको तारमा करेन्ट प्रवाह भई २८ वर्षीय मालतीदेवी साहको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते साहलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

मालतीलाई बचाउने क्रममा करेन्ट लागेर घाइते हुनुभएका उहाँकी सासू ५० वर्षीया सीतादेवी साह र छिमेकी ६० वर्षीया रामपृत साहको सोही अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

स्थानीय मोहन साहको घरमा रहेको विद्युत बोर्डबाट लुगा सुकाउने फलामको तारमा करेन्ट प्रवाह हुँदा लुगा सुकाउने क्रममा साहकी बुहारी मालतीदेवी साह, उहाँलाई बचाउने क्रममा सासू सीतादेवी साह र छिमेकी रामपृत साह पनि करेन्टको चपेटामा परेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

ताजा समाचार

थप समाचार