काठमाडाैं,१५ कातिक । नेपालमा तीन दिनसम्म भारी वर्षा गराएको ‘मोन्था’ चक्रवात नेपालबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र अरव सागरमा बनेको न्यूनचापीय प्रणालीका कारण आज केही वर्षा भए पनि बेलुकासम्म प्रणालीको असर हट्नेछ।
भोलिदेखि अधिकांश ठाउँमा मौसम प्रायः खुल्ने अनुमान छ। तर कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य वर्षा केही ठाउँमा हुन सक्ने सम्भावना छ।
मौसमविद् विनोद पोखरेलका अनुसार भोलिदेखि अधिकांश किसानले धान भित्राउन सक्नेछन्। तर अरव सागरबाट अर्को न्यूनचापीय प्रणाली आउँदै गरेकोले मङ्गलवारदेखि पश्चिम नेपालमा फेरि बदली र सामान्य वर्षा हुने सम्भावना छ।
पोखरेलले हिमाली क्षेत्रको पदयात्रा गर्न बुधबारसम्म मौसम अनुकूल नहुने भएकाले सावधानी अपनाउन सुझाव दिएका छन्।




