spot_img

राजु बैठा धोबी नेतृत्वमा मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च पर्साको नयाँ समिति

spot_img
spot_img

वीरगञ्ज, कात्तिक १५ – मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च पर्साको प्रथम जिल्ला अधिवेशन शनिबार वीरगञ्ज पब्लिक कलेजमा सम्पन्न भएको छ। अधिवेशनले राजु बैठा धोबीको अध्यक्षतामा २७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरेको छ।

नवगठित समितिमा उपाध्यक्ष रिजवान अली र रमेश सोनार, महिला उपाध्यक्ष रुपा पाण्डे, महासचिव धुरुप प्रसाद, कोषाध्यक्ष महेश साह, सचिव अन्जय पटेल र सह–सचिव सुशील क्षेत्री रहेका छन्।

कार्यक्रमकी प्रमुख अतिथि तथा केन्द्रीय अध्यक्ष लक्ष्मी कुमारी खाँले नयाँ नेतृत्वले स्थानीयस्तरमा मानव अधिकार र कैदीबन्दीको सरोकारलाई सबल बनाउने विश्वास व्यक्त गरिन्। त्यस्तै, उपकुलपति डा. दीपक शाक्यले शिक्षा र अधिकार जोडेर सुधारात्मक कार्य गर्न सकिने बताए।

नवनियुक्त अध्यक्ष राजु बैठा धोबीले पर्सामा मानव अधिकार उल्लङ्घन घटाउन र कैदीहरूको न्यायिक प्रक्रिया पारदर्शी बनाउन कार्यसमिति कटिबद्ध रहने बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय