spot_img

माओवादी केन्द्रको सचिवालय बैठक आज पनि बस्दै

spot_img
spot_img

काठमाडौँ,१६ कातिक । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक आज पनि बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजे बैठक सुरु हुने कार्यक्रम तय गरिएको नेता हरिबोल गजुरेलले जानकारी दिएका छन्।

हिजो बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)सँग हुने एकताबारे सचिवालय सदस्यहरूलाई जानकारी गराएका थिए। प्रचण्डले वामपन्थीबीच एकता र ध्रुवीकरण आजको समयको ऐतिहासिक आवश्यकता भएको भन्दै एकता प्रक्रिया निरन्तर अघि बढ्ने स्पष्ट धारणा राखेका थिए।

तर, बैठकमा नेता जनार्दन शर्माले प्रचण्डको प्रस्तुतिबारे असहमति जनाउँदै तीन पृष्ठको लिखित प्रस्ताव पेश गरेका थिए। उनले वैचारिक स्पष्टता, विगतको मूल्यांकन र संगठनात्मक तयारी नगरी हतारमा एकता गर्न नहुने भन्दै सावधानी अपनाउन सुझाव दिएका थिए। शर्माको भनाइमा, हतारोको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पुरा गर्ने तर समग्र कम्युनिस्ट आन्दोलनका लागि प्रतिकूल परिणाम निम्त्याउन सक्ने जोखिम छ।

पार्टी स्रोतका अनुसार, कात्तिक १७ गते महाधिवेशन आयोजक समितिको विस्तारित बैठक र १८ गते एकता घोषणा गर्ने तयारी गरिएको छ। आजको सचिवालय बैठकले यस सम्बन्धमा औपचारिक निर्णय गर्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय