spot_img

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग आज छलफल गर्दै प्रधानमन्त्री

spot_img
spot_img

काठमाडौँ,१६ कातिक । प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संयुक्त छलफल गर्ने भएकी छन्। बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यक्रम तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

संघीय शासन प्रणालीअन्तर्गत संघ र प्रदेश सरकारबीचको समन्वय, नीति–कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा सहकार्य सुदृढीकरणका उद्देश्यले बैठक बोलाइएको हो।

छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतबहादुर कार्की, मधेस प्रदेशका जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका चेतनारायण आचार्य, कर्णाली प्रदेशका यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका कमलबहादुर शाह सहभागी हुनेछन्।

प्रधानमन्त्री कार्कीले हालको राजनीतिक र आर्थिक परिस्थितिमा संघ–प्रदेश सहकार्यलाई अझ सशक्त बनाउन संवाद अत्यावश्यक रहेको बताउँदै, आजको बैठकले आगामी नीति तथा योजनामा ठोस मार्गनिर्देशन दिने अपेक्षा व्यक्त गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय