spot_img

धनुषामा बस–अटोरिक्सा दुर्घटना, एउटै परिवारका तीनसहित चार जनाको मृत्यु

spot_img
spot_img

जनकपुर, १६ कात्तिक । धनुषामा यात्रुबाहक बस र अटोरिक्सा आपसमा ठोक्किँदा एउटै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई बालबालिका गम्भीर घाइते भएका छन्।

विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्र बजारमा भएको सो दुर्घटनामा भरतपुरका ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अटोरिक्सा चालक ४० वर्षीय डम्बर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका १४ वर्षीय शीतल मगर र ९ वर्षीय रोशन मगरको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय