Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

जेनजी आन्दोलनमा क्षति पुगेका...

काठमाडौँ, २७ कात्तिक  । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४६५ मध्ये ४४८ प्रहरी...

मर्मतपछि नेपाल एयरलाइन्सको ट्वीनअटर...

काठमाडौँ,२७ कात्तिक । करिब दुई महिनादेखि ग्राउण्डेड अवस्थामा रहेको नेपाल वायुसेवा निगम (नेपाल...

कारागारबाट फरार कैदी नियन्त्रणमा...

काठमाडौँ, २७ कात्तिक । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा नेपालले जेलबाट भागेका कैदी...

वीर अस्पतालमा अब श्वासप्रश्वासका...

काठमाडौँ,२७ कात्तिक । श्वासप्रश्वाससम्बन्धी रोगको पहिचान अब वीर अस्पतालमा झन् सहज बनेको छ।...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
23.8 C
Birgunj
spot_img

वैशाखयता देशभर ४ हजार ६०० भन्दा बढी विपद्जन्य घटना, ३३५ जनाको मृत्यु

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, १६ कात्तिक । चालु वर्षको वैशाख महिनादेखि कात्तिक १५ गतेसम्म देशभर ४ हजार ५९७ वटा विपद्जन्य घटना दर्ता भएका छन्। ती घटनामा परेर हालसम्म ३३५ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा ४१ जना बेपत्ता र एक हजार २६४ जना घाइते भएका छन्। विभिन्न प्रकारका विपद्मध्ये बाढी, पहिरो, चट्याङ र सर्पदंशले सबैभन्दा बढी जनधनको क्षति पुर्‍याएका छन्।

यो अवधिमा मात्र ३१६ वटा बाढीका घटनाबाट ३७ जनाको मृत्यु र २७ जना बेपत्ता भएका छन्। त्यस्तै, ५५० वटा पहिरोका घटनामा ६७ जनाको मृत्यु र चार जना बेपत्ता भएका छन्।
चट्याङका ३५६ घटनामा ४४ जनाको मृत्यु, सर्पदंशका ५३८ घटनामा ९२ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

- Advertisement -

जनावरको आक्रमणबाट २५ जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् भने लेक लागेका ८० घटनामा २७ जनाको ज्यान गएको छ। भारी वर्षाका ४२० घटनामा सात, आगलागीका १ हजार ६१४ घटनामा २६ र हुरीबतासका २८६ घटनामा आठ जनाको मृत्यु भएको छ।

हिउँ पहिरोमा परी नौ जना बेपत्ता भएका छन्। प्राधिकरणका अनुसार शनिबार मात्र देशभर ४६ वटा विपद्जन्य घटना दर्ता भएका थिए, जसमा दुई जनाले ज्यान गुमाए। ती घटनाले देशका ३१ जिल्लामा प्रभाव पारेका छन्।

ताजा समाचार

थप समाचार